Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाईग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाईग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

काठमाडौं, ८ साउन । बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपाल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।


उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौंको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको बताएको छ ।


हालसम्म बैंकले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *