Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गत आर्थिक वर्षमा १९ खर्ब २० अर्बको आयात, यी हुन् प्रमुख १० वस्तु

गत आर्थिक वर्षमा १९ खर्ब २० अर्बको आयात, यी हुन् प्रमुख १० वस्तु

काठमाडौं, ९ साउन । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.७२ प्रतिशतले बढी हो । सोही अवधिमा निर्यातको आकार २ खर्ब नाघेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको वस्तु निर्यात ४१.७४ प्रतिशतले बढेर २ खर्ब ३ करोड ९ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ ।

यद्यपि निर्यातको करिब १० गुणा बढी आयात हुँदा मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा आयात भएका प्रमुख दश वस्तुहरूमा क्रमशः डिजेल, पेट्रोल, एलपी ग्यास, भटमासको कच्चा तेल, एमएस बिलेट, सुन, मोबाइल, कच्चा पाम तेल, एचआर सिट र कोइला रहेका छन् । यीमध्ये डिजेल मात्रै १ खर्ब ६८ अर्बको आयात भएको तथ्यांक छ । यस्तै पट्रोल ७१ अर्ब ३८ करोड, एलपी ग्यास ६५ करोड ५५ लाख, भटमासको कच्चा तेल ५६ करोड १८ लाख, एमएस बिलेट ५१ अर्ब ३३ करोड, सुन ४२ अर्ब ७० करोड, मोबाइल फोन ४१ अर्ब १५ करोड, कच्चा पाम तेल ३९ अर्ब ३१ करोड, एचआर सिट ३६ अर्ब ५८ करोड र कोइला ३५ अर्ब ९५ करोड रुपैयाँ बराबरको भित्रिएको छ ।

बढी आयात भएका यसपछिका वस्तुहरूमा क्रमशः तयारी कपडा, भ्याक्सिन (मानव उपचारका), पोलिथिन दाना, चाम, औद्योगिक मेशिनरी, शुद्ध फलाम र एलोपेथिक औषधि रहेको भन्सार विभागको विवरण छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x