Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

५२.२१ प्रतिशतले बढ्यो उद्योग दर्ता, ३ खर्ब ४३ अर्बको लगानी प्रस्ताव

५२.२१ प्रतिशतले बढ्यो उद्योग दर्ता, ३ खर्ब ४३ अर्बको लगानी प्रस्ताव

काठमाडौं, ९ साउन । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा उद्योग दर्ता उत्साहजनक रूपमा बढेको छ । भन्सार विभागका अनुसार सो अवधिमा स्वदेशी तथा विदेशी उद्योग ३०९ ओटा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५२.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा कुल २०३ ओटा उद्योग दर्ता भएका थिए ।

गत आर्थिक वर्षमा साना उद्योगको दर्ता संख्या सबैभन्दा बढी ११० रहेको छ । यस्तै मझौला उद्योग १०८ र ठूला उद्योग ९१ ओटा दर्ता भएको विभागको तथ्यांक छ । दर्ता भएका स्वदेशी एवं विदेशी उद्योगमा ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यी उद्योगबाट प्रस्तावित कुल रोजगारी कुल २८ हजार ५२७ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x