Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

६३ अर्बले घट्यो बैंकहरूको निक्षेप

६३ अर्बले घट्यो बैंकहरूको निक्षेप

काठमाडौं, ९ साउन । साउनको पहिलो सातामै वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप ६ साउनमा आउँदा ६३ अर्बले घटेको हो ।

६ साउनमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । यस अवधिमा बैंकहरुको कर्जा लगानी पनि घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी ६ साउनमा आउँदा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ ।

कर्जा निक्षेप ६ दिनमै नै ६३ अर्बले घट्दा बैंकहरुको सीडी रेसियो ८७.७५ प्रतिशत पुगेको छ । ३२ असारमा ८६.४१ प्रतिशतमा झरेको सीडी रेसियो बैंकिङ प्रणालीबाट निक्षेप घटेसँगै बढ्न लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x