Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

दुईदुई पटक इन्धनको मूल्य घटेर आउदा पनि नेपाली बजारमा किन घटेन ?

दुईदुई पटक इन्धनको मूल्य घटेर आउदा पनि नेपाली बजारमा किन घटेन ?

काठमाडौं, १९ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरीद मूल्यमा गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने बताएको छ ।

निगमले बुधवार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि सरकारसँग लिएको ऋण र इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो ।

आईओसीबाट निगमलाई सोमवार प्राप्त नयाँ खरीद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजेल र खाना पकाउने एलपी ग्यासमा अझै घाटा रहेको निगमको भनाइ छ । विज्ञप्तिअनुसार निगमलाई अझै पनि डिजेलमा प्रतिलिटर १ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा छ । मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई यसअघि नै नाफा छ । पेट्रोलियम पदार्थ विक्रीबाट मासिक १ अर्ब २७ करोड रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ । सरकारसँग लिइएको ऋण, आईओसीलाई तिर्नुपर्ने बक्यौता तथा मासिक १ अर्ब रुपैयाँभन्दा बढी घाटा भएकाले पेट्रोलियम पदार्थको विक्री मूल्य हाललाई यथावत रहने निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताएका छन् । निगमले आईओसीलाई पेट्रोलियम पदार्थ खरीद गरेबापत भुक्तानी गर्नुपर्ने रकम अपुग भएपछि सरकारसँग ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिएको थियो । निगमले अझै आईओसीलाई २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x