पोखरा विमानस्थलको सुरक्षामा कुनै सम्झौता गर्दैनौं : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं, २५ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताएका छन् ।
पोखरा अन्र्राष्ट्रिय विमानस्थल १७ पुसमा सञ्चालनमा ल्याउने तय भएपछि बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले पोखराविमानको सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई निरन्तरता दिने कुनै उपाय भए खोज्ने उनले बताए ।
यस्तै पर्यटन व्यवसायीहरुले पर्यटनमन्त्री श्रेष्ठलाई भेटेर पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङलाई पनि जोगाउन ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘विमानस्थल यहाँकै मागअनुसार निर्माण भएको हो । विमानको सुरक्षामा सम्झौता गर्न मिल्दैन । तर सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई कुनै उपायबाट कायम राख्न सक्ने स्थिति भएमा त्यसलाई प्रयोग गरेर संरक्षण गर्छौं ।’