Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर १५ दिनमात्र रोक्का हुने

मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर १५ दिनमात्र रोक्का हुने

काठमाडौं, ३० साउन । मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर १५ दिनमात्र रोक्का राख्ने गरी नेपाल धितोपत्र बोर्डले मस्यौदा बनाएको छ ।
बोर्डले संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदामा १५ दिन मात्र रोक्का हुने व्यवस्था गरेको हो ।

यसअघि मर्जर तथा प्राप्तिको लागि सहमति भएपछि एकिकृत कारोबार नहुन्जेलसम्म सम्बन्धित कम्पनीको सेयर कारोबार रोक्का हुँदै आएको थियो ।
बोर्डबाट गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाको प्रचलित कम्पनीसम्बन्धी कानुन बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात सोको जानकारीसहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रिय निक्षेप कम्पनीमा दिनु पर्नेछ ।

तर नाम परिवर्तन नहुने संस्थाको कारोबार भने रोक्का हुँदैन । गाभ्ने गाभिने सहमतिमा हस्ताक्षर गरेको ६ महिनाभित्र एकीकृत कारोबार गरिसक्नुपर्ने बताइएको छ ।

सम्बन्धित कम्पनीको साधारण सभाले पारित गरेपछि मात्र गाभ्ने र गाभिने प्रक्रियामा सहभागी हुन पाइने व्यवस्था छ । मस्यौदामार्फत आएको सुझावलाई मध्यनजर गर्दै निर्देशिका जारी गरिने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *