नेप्से परिसूचक २७.७२ अंकले उकालो
काठमाडौं, २ भदौ । यस साताको पाँचौं कारोबार दिन बिहीबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.३६ प्रतिशतले बढी हो ।
बिहीबार २२० कम्पनीको ५१ लाख १ हजार बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ५.४१ अंकले बढेर ४००.०८ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.३७ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको छ भने सबै भन्दा धेरै आइड्रोपावर समूहका कम्पनीको कारोबार ७२.३४ अंकले बढेको छ ।