महिला उद्यमी नेपालको अन्र्तराष्टिय व्यापार मेलामा पूर्व देखि पश्चिम नेपालमा उत्पादित वस्तु प्रर्दशन
काठमाडौं, ३ भदौ । नेपालका उद्यमी महिलाहरुको प्रतिनिधि सस्ंथाको रुपमा रहेको महिला उद्यमी महासघं नेपालले भदौ २ बिहीबार देखि ५ दिन सम्म सञ्चालन हुने गरी अन्र्तराष्टिय व्यापार मेलाको आयोजना गरेको छ ।
“स्वदेशी खाऔँ स्वदेशी लगाऔँ स्वदेशी उद्यमशिलतालाई बढाआँै” भन्ने नाराका साथ छैठौँ अन्र्तराष्टिय व्यापार मेलाको आयोजना भएको मेलामा १०९ वटा स्टलहरु राखेर पूर्व देखि पश्चिम नेपालमा उत्पादित वस्तुको प्रर्दशन भएको छ ।
भदौ २ बिहीबार देखि सुरु भएको ५ दिने मेलामा हस्तकलाका सामानहरु प्राकृतिक रेशाजन्य वस्तु,ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु,जैविक खाद्य पर्दाथ स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु,कृषिजन्य उत्पादनहरु, पुष्प सामाग्रीहरु, जडिवुटीहरु,गरगहना,सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रर्दशनीमा राखिएको छ ।
यस मेलामा सातै प्रदेशका जिल्लाहरु,राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरुका उत्पादनहरुको स्टलहरु रहेका छन् । उत्पादनहरुको प्रदर्शनीको लागि १४ वटा स्टलहरु राखिएको छ, हस्तकलाका उत्पादन प्रर्दशनीका लागि २७ वटा स्टल, व्यापार तथा सेवाका ७ वटा स्टल, चाडपर्व विशेष स्टल ४ वटा, खानेकुराका स्टल ५ वटा अन्र्तराष्टिय महिला उद्यमीद्धारा उत्पादित सामानको प्रर्दशनीको लागि ४ वटा स्टल, जिल्ला महिला उद्यमीका लागि २४ वटा स्टल, मेहन्दी स्टल १, जनकपुरका महिला मिथिला आर्ट ८ स्टल लगायत अन्य गरेर जम्मा २१८ एक्सीभीटरको सहभागीता रहेको छ ।
सो मेलामा वितरकको रुपमा सहभागी भएकी पलिना राईले पुर्व देखि पश्चिम नेपालमा उत्पादन भएका चामल, चिया, अचार, घ्यू र सिमी लगाएत खाद्य वस्तुको प्रर्दशनी गरेकी छन् । दैनिक सामान्य कारोबार भए पनि मुख्य मार्केटिङ्गको लागिनै फोकस गरेको उनले बताइन । यस्ता अन्य समयमा नेपाली खाद्य वस्तुको अमेरिका, हङकङ र युकेमा निर्यात गर्दै आएको बताइन ।
यस अन्र्तराष्ट्रिय व्यापार मेलाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरुलाई उत्पादन विक्रिका लागि र्पयाप्त अवसरहरु प्रदान गर्न, सञ्जाल निर्माण गर्न, शिप तथा ज्ञानको आदानप्रदान गर्न तथा उत्पादनलाई प्रोत्साहन दिन एउटा प्लाटफर्मको रुपमा काम गर्ने विश्वासमहिला उद्यमी महासघं नेपाल लिएको बताइएको छ ।
महिला उद्यमी महासंघ नेपालले सन् २०१६ देखि नै अन्तर्राष्ट्रिय महिला ब्यापार मेलाको आयोजना गर्दै आईरहेको छ ।