Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गैरआवासीय नेपालीको ज्ञान, शीप र पूँजी भित्र्याउन महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

गैरआवासीय नेपालीको ज्ञान, शीप र पूँजी भित्र्याउन महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

भदौ ११, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, शीप र पूँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् । शुक्रवारदेखि थाइल्याण्डको राजधानी बैंककमा शुरू भएको गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।

‘नेपालमा लगानीको वातावरण छ । यहाँ अनगिन्ती अवसर छन् । प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ । त्यसैले अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, शीप र पूँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चासो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, सम्मृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गरे ।
गैरआवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासंघको पारिवारिक सम्बन्ध रहेको भन्दै ढकालले गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफूहरू तयार रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x