नेप्से ३.७६ अंकले उकालो, १ अर्ब २६ करोड बढीको कारोबार
काठमाडौं, १३ भदौ । यस साताको दास्रो कारोबार दिन सोमबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७६ अंकले बढेर १९९३.०२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले बढी हो ।
सोमबार २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक १.७७ अंकले बढेर ३८७.४६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशतले घटेको हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ४ समूहका कम्पनीे बाहेक अन्य समूहका ९ कम्पनी कारोबार बढेको छ ।