एमबान स्पोर्ट मिट २०२२ आयोजना हुँदै
काठमाडौं, १४ भदौ । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा टुगेदर फर ए हेल्दी लाइफस्टाइल भन्ने नारासहित पहिलो पटक “एमबान स्पोर्ट मिट २०२२” अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागेको छ ।
उतm प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुने बताइएको छ । सो प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न विधा समावेश गरिएको छ । प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु हुनेछ भने पुरुष विधामा फुटसल प्रतिस्र्पधा समेत हुने बताइएको छ ।
सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु भदौ १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापन भदौ २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुने आयोजकले बताएको छ