नबिल बैंक र युनिलिभिर नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य
काठमाडौं, २३ भदौ । नबिल बैंक लि. र युनिलिभर नेपाल लि. बीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपाल लि.का तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखर्जीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरूलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिसपत्रमा पनि हस्तान्तरण गरेको थियो ।
यस अन्तर्गत युनिलिभर नेपाल लि.सँग आबद्ध व्यवसायीले च्यानल पार्टनरको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशंैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने बताइएको छ ।