शेयर बजारमा झीनो ह्रास, कारोबार रकम अर्बमा
काठमाडौं, २३ भदौ । शेयर बजारको घट्दो क्रम बिहीवार पनि रोकिएको छैन । यस दिन शेयर बजार परिसूचक नेप्से २.१३ अंकले घटेर १९३७.७४ अंकमा आइपुगेको छ ।
यस्तै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स समेत ०.५४ अंकले घटेको छ ।
बिहीवार २२७ कम्पनीको ३४ लाख १ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको उपसूचक घटेका छन् ।