Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वीरगञ्ज सुक्खा बन्दरगाहबाटै एक वर्षमै ३५ प्रतिशतले बढ्यो मदिरा आयात

वीरगञ्ज सुक्खा बन्दरगाहबाटै एक वर्षमै ३५ प्रतिशतले बढ्यो मदिरा आयात

काठमाडौं, ७ असोज । वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट)बाट विदेशी मदिरा आयात एक वर्ष अवधिमै ३५ प्रतिशतभन्दा धेरैले बढेको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जो तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब ९१ करोड ३३ लाख ७६ हजार ९ सय १४ रुपैयाको विदेशी मदिरा नेपाल भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३६ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब २३ करोड ६७ लाख ४७ लाख रुपैयाँको मात्र मदिरा आयात भएको थियो ।

गत आर्थिक वर्षमा उक्त भन्सारबाट ९ करोड ४७ लाख ५४ हजार १०५ लिटिर मदिरा सुख्खा बन्दरगाह भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३ करोड ४३ लाख २७ हजार ५ लिटर बढी हो । अघिल्लो आर्थिक वर्षमा यो भन्सारबाट ६ करोड ४ लाख २७ हजार १ सय लिटर मदिरा भित्रिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x