Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

देशको आर्थिक अवस्था सुधार उन्मुख हुँदै गएको छ : अर्थमन्त्री शर्मा

देशको आर्थिक अवस्था सुधार उन्मुख हुँदै गएको छ : अर्थमन्त्री शर्मा

विवेक नागरी
धनगढी, ८ असोज । अर्थमन्त्री जनार्दन शर्माले केही राजनैतिक दलका नेताहरुले देशको अवस्था श्रीलंकाको जस्तो हुँदै छ भनेर व्यापक भ्रम प्रैदा गर्ने खोजे पनि अवस्था त्यस्तो नभएको बताएका छन् । मन्त्री शर्माले देशको आर्थिक अवस्था सुधारोन्मुख हँुदै गएको दाबी गरेका छन् ।

बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले देशका आर्थिक अवस्था केही बिग्रेको भए पनि सरकारले ल्याएको स्पष्ट मौद्रिक नितीका कारण अर्थतन्त्र सुधार हुँदै बताएका छन् । सरकारले मात्रै गर्दा अर्थतन्त्र सुधार नहुने हुँदा यसमा सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ । मन्त्री शर्माले उत्पादन वृद्धि गर्दै नियात बढाउने र आयत घटाउने दिशामा ३ वटै तहका सरकार र सम्बद्ध संस्थाहरुले छिटो काम गरे राष्ट्रवाद र ढिलो काम गरे राष्ट्रघात हुने बताए । उनले नेपाल श्रीलंका हुने देश नरहेको जानकारी दिए ।

नेपाल प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएका कारण कमजोर अवस्था नरहेको मन्त्री शर्माले जानकारी जानकारी दिए । साधन र स्रोतको सही सदुपयोग गरेका खण्डमा गरिबी अन्त्य हुने विश्वास ब्यक्त गरे । गरिबी अन्त्यका लागि स्थानीय सरकारले महत्वपूर्ण काम गर्नुपर्नेमा उनले जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x