Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

काठमाडौंमा आतिथ्य सम्मेलन सुरु

काठमाडौंमा आतिथ्य सम्मेलन सुरु

काठमाडौं, ९ असोज । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन टेवा पु¥याउने उद्देश्यले नेपालमा पहिलोपटक आतिथ्य सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आयोजना गरिएको छ ।

होटल सङ्घ नेपाल (हान)ले आयोजना गरेको सम्मेलनको शनिवार आयोजित एक समारोहबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उद्घाटन गरे । कोभिडपछिको नयाँ परिस्थितिमा ‘हस्पिटालिटी’ क्षेत्रको विकासका लागि आगामी कार्यदिशाबारे छलफल हुने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसियालगायत मुलुकका आतिथ्यता क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको सहभागिता रहेको छ ।

नेपालका तर्फबाट राष्ट्रिय योजना आयोग, नेपाल पर्यटन बोर्डलगायत सरोकारवाला निकायका उच्च अधिकारी एवं प्रतिनिधिको सहभागिता रहेको हानले जनाएको छ । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले नेपालका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधिता एवं रैथाने खानाका परिकारलाई विश्व बजारमा प्रवद्र्धन गर्दै दीगो पर्यटन विकासका लागि रणनीतिक योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

सम्भाव्य पर्यटनको बजारीकरण र ब्राण्डिङ गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सेवालाई गुणस्तरीय बनाइनुपर्ने खाँचो उनले औंल्याए । राज्यमन्त्री श्रेष्ठले पछिल्लो समय पर्यटकीय पूर्वाधार विकास भइरहेकाले समयसापेक्ष प्रभावकारी बजार रणनीति बनाइनुपर्ने बताए । नयाँ सोच र सेवा विविधीकरण गरेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने भन्दै यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x