Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेप्से राताम्मे २३.८३ अंकले घट्यो

नेप्से राताम्मे २३.८३ अंकले घट्यो

काठमाडौं, ९ असोज । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार नेप्से २३.८३ अंकले ओरालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.३० प्रतिशतले बढी हो ।

आइतबार २२८ कम्पनीको ४० लाख १४ हजार ४ सय १९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ठुला कम्पनिको उपसूचक ३.८३ अंकले घटेर ३५५.६० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.०६ प्रतिशतले घटेको हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ भने सबै भन्दा धेरै उत्पादन समूहका कम्पनीको कारोबार उच्च अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x