नेप्से परिसूचक १६.०६ अंकले ओरालो
काठमाडौं, १५ असोज । यस साताको तेस्रो कारोबार दिन शेयर कारोबार ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.२६ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ५५ करोड २७ लाख १२ हजार रुपैयाँको शेयर कारोबारमा १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये १० समूहका कम्पनीको कारोबार ओरालो लागेको छ भने ३ समूहका कम्पनीको कारोबार बढेको छ । आज सबै भन्दा धेरै १२३.७५ अंकले जीवन बिमा समूह तर्फका कम्पनीको कारोबार घटेको छ ।