Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआरएनएको कार्यकारी अध्यक्षमा रविना थापालाई जिम्मेवारी

एनआरएनएको कार्यकारी अध्यक्षमा रविना थापालाई जिम्मेवारी

काठमाडौं, २५ असोज । गैर आवासीय संघ नेपाल एनआरएनएको वार्षिक साधारणसभा तथा एनआरएन दिवसको अवसरमा राजधानीमा एक कार्यक्रम गरि एनआरएनएको कार्यकारी अध्यक्षमा रविना थापालाई जिम्मेवारी दिइएको छ ।

यस अघिको सहमति अनुसार थापाले  संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले संघको बहुपदीय प्रणाली अनुरूप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो ।

उक्त दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीहरुले विदेशमा रहेर पनि मुलुकको विषम परिस्थितीमा पनि मुलुकलाई सहयोग पु¥याएको प्रशंसा गर्दै आगामी दिनमा एनआरएनएले उठाएको मुद्धाहरुको लागि सरकारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

साथै कार्यक्रममा संघका अध्यक्षहरुले एनआरएनएहरुलाई छिटो भन्दा छिटो नागरिकता वितरणको लागि आग्रह गर्दै त्यस तर्फ सरकार सम्बेदनसिल रहनु पर्ने बताएका थिए ।
सोहि कार्यक्रममा नेपाल उद्योग वाणिज्यमहासंघका वरिष्ठ उपाअध्यक्ष चन्द्र ढकालले नेपालको निजीक्षेत्र संग सहकार्य गर्दै ज्ञानसिप र पुँजीलाई नेपाल भित्राउन आग्रह गर्दै यस क्षेत्रमा प्रचुर संभावना रहेको र लगानीको प्रतिफल अन्य देशमा भन्दा राम्रो रहेको बताउनु भयो ।

सोहि कार्यक्रममा परराष्ट्र सचिव भरत पौडेल, सघंको संस्थागत अध्यक्ष उपेन्द्र महतो पूर्व अध्यक्ष जिवा लामिछाने लगाएतले छुट्टा छुट्टै धारणा राखेका थिए ।
सोमबार देखि सुरुभएको संघको सम्मेलन भोली बुधबार सम्पन्न हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x