Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

खुम्चियो आन्तरिक कर्जा प्रवाह

खुम्चियो आन्तरिक कर्जा प्रवाह

काठमाडौं, १४ कात्तिक । चालू आर्थिक वर्षको पहिलो २ महिनामा आन्तरिकतर्फको कर्जा प्रवाहको वृद्धि खुम्चिएको छ । सो अवधिमा महिनामा कुल आन्तरिक कर्जा ०.६ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ भदौ मसान्तमा यस्तो कर्जा ११.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ८.२ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x