Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण

यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण

कात्तिक, २४ काठमाडौं । सरकारले चालू आर्थिक वर्षका लागि मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत साता बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले आव २०७९–८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य तीन हजार १२८ रुपियाँ समर्थन मूल्य तोकिएको जानकारी दिए । किसानको उत्पादन लागत, नाफा २० प्रतिशत र ढुवानीसमेत जोडेर धानको समर्थन मूल्य गत वर्षभन्दा वृद्धि गरेको उनको भनाइ छ । मन्त्रालयका अनुसार अघिल्लो वर्ष असोजमा र दुई वर्षअगाडि असारमा धान लगाउनुपूर्व नै धानको समर्थन मूल्य तोकेको थियो ।

मन्त्रालयका अनुसार धानको मूल्य गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपियाँ र मध्यम धानमा २२६ रुपियाँ बढी रहेको छ । आव २०७८–७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँ तोकिएको थियो । सरकारले तोकेको तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x