Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

वैदेशिक रोजगारिमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण

वैदेशिक रोजगारिमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण

काठमाडाैं, ११ मंसिर ।  गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले विदेशमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकारले तत्काल  सकारात्मक पहल गर्नु पर्ने बताईन् ।

सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले संघले स्थापना कालदेखि नै निकै प्राथमिकताका साथमा वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षितमर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार लगायत सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्दै आएको स्मरण गराउँदै विदेशमा रहेका बहुसंख्यक श्रमिकलाई  योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न  सरकारको ध्यानाकर्षण  गराएकी हुन् । 

विदेशमा रहेका श्रमिकको श्रमको ठुलो हिस्सा नेपालमा रेमिटेन्सको माध्यमबाट भित्रीरहेकोले उनीहरुलाई आफ्नो देश प्रति थप जिम्मेवार र अपनत्व महसुस गराउन  सक्ने उनको भनाइ  थियो ।

संघले वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिककानूनी लगायतका सहयोग र परामर्श समेत दिँदै आएको जानकारी गराउँदै उनले सरकारसंग सहकार्यका लागि तत्पर रहेको  बताइन् । अध्यक्ष थापाले नेपाली कामदरहरुलाई वैदेशिक रोजगारमा जानु अघि अनिवार्य रुपमा सीप मुलक तालिम र गन्तब्य मुलुकको भाषा र रहन सहन बारे जानकारी दिन जरुरी रहेको बताइन् । यसका लागि ७ वटै प्रदेशमा सीप तालिप केन्द्र स्थापना गर्न जरुरी रहेको र यसका लागि संघले नेपाल सरकारसंग समन्वय गरिरहेको छ ।

संघले झण्डै एक दशकदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्नको लागि नेपाल सरकारसँग पहल गर्दै आएको छ। वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक कार्यविधि बनाई तत्काल कार्यान्वयनका लागि एक उच्चस्तरीय संयन्त्रमार्फत आवश्यक  प्रक्रियाहरु अघि बढाउनका लागि संघ र सामाजिक सुरक्षा कोषबीच सहमति पत्रमा हस्तारक्षर सम्पन्न भईसकेको छ । सो सम्झौता पत्रको अनुरुप सहकार्य गरि संघ अघि बढ्न तयार रहेको  अध्यक्ष थापाको  भनाइ छ । त्यो सम्झौतालाई कार्यान्वयनमा ल्याउन समेत उनले सरकारसँग आग्रह गरीन् ।

देशमा रहेका नेपालीको सामाजिक सुरक्षाका लागि रोजगारदाता मुलुकलाई पनि जिम्मेवार बनाउन पहल गर्नु पर्ने आवश्यकता औंल्याउँदै उनले जीवनको उर्वर समय र उमेरमा वैदेशिक रोजगार गएका तर त्यही वैदेशिक रोजगारबाट घाइते भएर वा अंगभंग भएर स्वदेश फर्किएकाहरुको जीवन यापनका लागि सामाजिक सुरक्षा अनिवार्य रहेको बताइन्।

उनले अहिले सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई यो योजनामा जोड्नका लागि आवश्यक कार्यविधि संशोधनसहित पारित भइसकेको तर कार्यन्वयनमा आउने तयारी भइरहेको जानकारी दिइन्। यसैगरी अध्यक्ष  थापाले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउननेपालमा सीप तथा तालिम केन्द्र स्थापना गर्न र रिइन्ट्रिग्रेसनमा  संघले सरोकारवाला निकायहरुसंग पहल गरिरहेको जानकारी गराइन् । त्यसमा संघ नेपाल सरकारसँग सहकार्य गर्न सदैव तत्पर रहेको उनले बताइन् । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x