Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै

निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, १९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज (सोमबार) सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले आज सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने बताइएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x