२.६२ प्रतिशतले घट्यो शेयर बजार, ७२ करोडको कारोबार
काठमाडौं, २८ मङ्सिर । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार २.६२ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक उक्त अंकले घटेर १८९७.०८ अंकमा आइपुगेको हो ।
यस दिन कारोबार रकम पनि घटेको छ । बुधवार २४६ कम्पनीको २० लाख ८७ कजार ८७६ कित्ता शेयर किनबेच हुँदा ७२ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।