Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘बैंकहरुले हाेडबाजी गरेर अस्वभाविक ब्याजदर बढाए’

‘बैंकहरुले हाेडबाजी गरेर अस्वभाविक ब्याजदर बढाए’

काठमाडाैं, २८ मंसिर । नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाले आर्थिक संकट निजी क्षेत्र तथा उद्याेग व्यवसायीकाे मात्र समस्या नभएर राष्ट्रिय समस्या नै भएकाे बताएका छन् । नेपाल हस्तकला महासंघकाे स्वर्ण वर्षकाे समापन तथा ११ औं हस्तकला दिवसका अवसरमा बाेल्दै अध्यक्ष गाेल्छाले अहिले समस्याकाे मुल जराे तरलताकाे अभाव र ब्याजदर भएकाे बताएका हुन् ।

यी दुई समस्याकाे समाधान गर्नै पर्ने बताउँदै उनले राष्ट्र बैंकले चालु पूँजी निर्देशिकालाई तत्कालका लागि राेक्नु पर्ने बताए । ‘हामी खुला बजार अर्थतन्त्र चाहान्छाैं । ब्याजदर एउटा फ्री मार्केट इकनाेमीकाे एउटा टुल हुनसक्छ तर जव ब्याजदर ५० प्रतिशतले बढेकाे छ भने जुन मुद्दतीमा ७ प्रतिशतले मात्र बढेकाे छ, उनले भने, ‘यसले यसले के देखिएकाे छ भने बैंकहरूले हाेडबाजी गरेर ब्याजदर अनावस्यक रूपमा बढाएका छन् ।जसले अर्थतन्त्रलाइ ठप्प बनाएका छन् । यसमा राष्ट्रबैंकले कुनै न कुनै निर्देशन जारी गर्न जरूरी छ ।’

यस्तै  नेपाल राष्ट्र बैङ्कको एक अध्ययन प्रतिवेदनले मूल्य वृद्धि १२ प्रतिशत बढ्ने देखाएकाे भन्दै अध्यक्ष गाेल्छाले यस्ताे अवस्था आएमा सर्वसाधारणकाे क्रयशक्ति कम भएर जाने बताए ।  ‘यसरी मूल्य वृझी हुँदा सर्वसाधारणकाे क्रयशक्ति कम भएर जान्छ । किनभने आय सिमित छ र क्रयशक्ति कम भएपछि जिवन कष्टकर बन्छ, उनले भने।

यस्तै उनले सरकारले आफ्नाे लक्ष्य अनुरूप राजस्व संकलन गर्न सकेकाे बताए । ‘गत वर्षभन्दा १९ प्रतिशत राजस्व संकलन कम भएकाे छ । जसले गर्दा सरकारलाइ साधारण खर्च धान्न पनि गाराे भएकाे अवस्था छ । आउने समयमा अझै चुनाैति आउन सक्छ, उनले भने पुस मसान्तमा आउने आयकरकाे किस्ता पनि यस पटक न्युन हुने देखिएकाे छ । व्यापार व्यवसायमा नाफा नहुदा आयकर पनि धेरै कम हुने आकँलन गरिएकाे छ। याे भएमा साधारण खर्च टिकाइराख्न पनि सरकारलाइ हम्मे हम्मे पर्छ ।’

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x