सेञ्चुरी कमर्सियल बैंक, काठमाडौं क्यान्सर सेन्टर र चाँगुनारायण नगरपालिकाबीच सम्झौता
काठमाडाैं, १ पुष । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, काठमाण्डौं क्यान्सर सेन्टर र चाँगुनारायण नगरपालिकाबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहक वर्गहरु तथा बैंकका कर्मचारीहरुलाई काठमाण्डाैं क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
थ्रिडी सिआरटी सेवा, आइएम आरटी सेवा, भिएमएटी सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौताभएको छ । उक्त सम्झौता पत्रमा काठमाडाैं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाटअध्यक्ष अन्जनीकुमार झा र बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरे ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ ।