Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

‘धितोपत्र बजारमा लिक्विडिटी प्रोभाइडर निकाय अत्यावश्यक भइसकेको छ’

‘धितोपत्र बजारमा लिक्विडिटी प्रोभाइडर निकाय अत्यावश्यक भइसकेको छ’

काठमाडौं, ५ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत सीईओ) चन्द्रसिंह साउदले पुँजी बजारलाई सकारात्मक रूपमा अगाड बढाउन नयाँ आउने सरकारले नयाँ र बजारमैत्री नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रम अर्थको अर्थसँग कुरा गर्दै नेप्सेका पूर्व सीईओ साउदले यस्तो आवश्यकता औंल्याएका हुन् ।

पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको संख्या र बजारको आकार समेत बढ्दै गएको अवस्थामा शेयर निक्षेपको रूपमा लिने र शेयर नै कर्जाको रूपमा दिने लिक्विडिटी प्रोभाइडर निकाय बनाउनुपर्नेमा साउदले जोड दिएका हुन् ।

‘नियामक निकायले नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, नेपाल सरकार र लगानीकर्ताको पनि सहभागिता हुनेगरी इकाइ गठन गरेर पुँजी बजारको विकास र विस्तारका लागि नियमकानून परिमार्जन गर्नुप¥यो,’ उनले भने ।

यस्तै उनले सरकारले कुनै पनि विकास निमार्णका काम गर्दा विदेशी ऋण मात्र नभएर शेयर तथा डिबेन्चर जारी गरेर लगानी जुटाउन आवश्यक रहेको बताए । यसले सरकार र लगानीकर्ता दुबैलाई फाइदा पुग्ने र पुँजी बजारको विकासमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

गतवर्षको तुलनामा शेयर बजार मापक नेप्से परिसूचक र दैनिक कारोबार रकम समेत घटिरहेको अहिलेको अवस्थामा लगानीकर्ताहरू नयाँ बन्ने सरकारप्रति निकै आशावादी देखिन्छन् । बजारको घट्दो प्रवृत्तिले मनोबल कमजोर बनेका लगानीकर्ता अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको पूर्व सीईओ साउदले बताए ।

‘अरु क्षेत्रले जस्तै पूँजी बजारले नयाँ आउने सरकारप्रति धेरै अपेक्षा राखेको छ,’ उनले भने, ‘अब आउने सरकारले आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिनुपर्छ, त्यसमा पूँजी बजार पनि पर्ने भएकाले आगामी दिनमा यस क्षेत्रको दिगो विकास हुने आशा गर्न सकिन्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x