Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अर्थमन्त्री पौडेलले आन्दोलनरत व्यवसायीलाई डाके वार्तामा

अर्थमन्त्री पौडेलले आन्दोलनरत व्यवसायीलाई डाके वार्तामा

काठमाडौं, १२ पुस। नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले आन्दोलनरत व्यवसायीलाई वार्तामा डाकेका छन् । अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाले लगत्तै मंगलबार ब्याज दर वृद्धिबिरुद्ध आन्दोलनमा रहेका बिराटनगरका व्यवसायीलाई वार्ताका लागि बाेलाएका हुन् ।

मन्त्रीको निम्तोपछि मोरङका तीन मुख्य व्यावसायिक संस्थाले ब्याजवृद्धि विरूद्धको आन्दोलनलाई स्थगित गरेका छन्।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समिति गत बिहीबारदेखि आन्दोलनरत थिए। चर्को ब्याज बृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गनिर्देशनको बिपक्षमा व्यवसायी थिए। नेपाल उद्योग बाणिज्य महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेको छ।

अर्थतन्त्र निक्कै कमजोर रहेको र त्यसलाई सुधार गर्नु पर्ने पौडेलले मन्त्री हुनुअघि नै एक कार्यक्रममा बताएका थिए। मन्त्री भएलगत्तै उनले व्यवसायीसँग वार्ताको पहल गरेका हुन्।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x