Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

प्रभु लाइफइन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

प्रभु लाइफइन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

काठमाडाैं, १६ पुस ।  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ ।

२०७८ पौष २८ गते प्रभु लाइफमारु. २० लाखबीमाङ्क रकमको जीवन बीमा गर्नु भएका गणेश विश्वकर्माको यहीअसोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु. १ लाख३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क)बुझाउने समय अगावै मृत्यु भएको थियो ।

प्रभु लाइफले बीमित स्वर्गिय गणेश विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमबीच रु. २० लाखको चेक हस्तान्तरण गरेको थियो ।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए ।
प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्त रुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे।

जीवन बीमाले बीमित परिवारलाई यस किसिमकाअकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवन यापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं भट्टराईले भने।

दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x