Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

आजदेखि कुमारी र एनसिसी बैंकको एकीकृत कारोबार सुरू

आजदेखि कुमारी र एनसिसी बैंकको एकीकृत कारोबार सुरू

काठमाडाैं, १७ पुस । कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्स ‘एनसिसी’ बैंकको एकीकृत कारोबार आइतबार (आज )देखि सुरू भएको छ। यी दुई बैंक एक आपसमा गाभिएपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो।

दुबै बैंकको मंसर २५ गते बसेको छुट्टाछुट्टै विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन्। एनसिसी बैंक गाभिने दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व कुमारी बैंकले व्यहोर्ने सकार्ने गरी नेपाल राष्ट्र बैंकले पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति दिएको हो।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप राणाले मर्जर कमिटि लगायत सबैको सक्रियतले समयमै मर्जर सम्पन्न हुन सकेको बताए ।

यसैगरी नेपाल बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रका लागि चुनौतीपूर्ण रहेकोमा अवस्थामा उक्त बैंकहरूबीच भएका मर्जरले ठूलो टेवा पुग्ने अपेक्षा गरेकाे बताए

मर्जरपछि बैंकको रजिष्टर्ड कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २ टंगालमा हुने कम्पनीले जानकारी दिएको छ।

हाल एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ रुपैयाँ छ भने कुमारी बैंकको १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ। कुमारी र एनसीसी बैंक बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । यी दुई बैंकको मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २५ अर्ब ८५ करोड पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *