माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउने चटाराे (फाेटाेफिचर)

मानमती पाण्डेय
काठमाडौं, २८ पुस । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखा क्षेत्रका व्यवसायीहरू चाकु बनाउन व्यस्त देखिन्छन् । पुस महिनाको शुरूवातदेखिनै उनीहरूलाई भ्याइनभ्याई छ ।
काशीलाल चाकु उद्योगका अनिष महर्जले १० वर्षदेखि चाकु बनाउने काम गर्दै आएका छन् । याे उनकाे पुर्ख्याैली व्यवसाय हाे । शररूमा हजुर बुवाले पछि बुवाले र त्यसपछि अहिले याे उद्याेग अनिष महर्जले सम्हाल्दै आएका छन् ।
सामान्यतया वर्षभरी नै चाकु बनाउने भएपनि उनी विषेश गरी माग बढी हुँदा मंसिरदेखि चाकु बनाउन व्यस्त देखिन्छन् । मंसिर र पुस २ महिना दैनिक ३०० देखि ४०० केजी सम्म चाकु उत्पादन गर्ने महर्जनले बताए । उनले चाकुबाहेके तिलको लड्डु र तिलौरा पनि बनाउने गरेका छन् । यस सिजनमा मात्र २० लाख रूपैयाँसम्म आम्दानी हुने उनले बताए ।
योमरी पुन्ही पनि त्यसै समयमा पर्ने हुँदा पनी मंसिरदेखि नै चाकुकाे माग बढ्ने उनकाे भनाइ छ । ‘हामीले चाकुका विभिन्न आइटमहरु बनाउँछाैं। सादा चाकु, खुवा चाकु, बदाम, किसमिस लगायत मसला हालेर बनाइएको इस्पेशल चाकु, सुत्केरी महिलालाई पौष्टिक तत्व हुने गरी बनाइएको सुत्केरी चाकु, अदी बनाउछाैँ । उनले भने, हाम्राे उत्पादन प्राय देशभरी नै जान्छ । काठमाडाैं उपत्यका भित्रबाटै पनि मानिसहरू चाकु किन्न भनेर उद्योग सम्मै आइपुग्नु हुन्छ ।’
विशेष गरी नेवारी समुदायले याेमरी पुन्ही लगायत नेपालीहरूकाे महान पर्व माघे संक्रान्तिमा चाकुका परिकारहरू खाने चलन रहदै आएकाे छ । यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी मानिन्छ ।
तस्विरहरू: