Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

नेप्सेका सेयरधनीहरुले सेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा सेयर पाउने

नेप्सेका सेयरधनीहरुले सेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा सेयर पाउने

काठमाडौ, २९ पुस । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयरधनीहरुलाई सेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा सेयर दिने भएको छ ।

शुक्रबार नेप्सेको ४१ औं वार्षिक साधारणसभामा बोल्दै सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रालयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको बताएका हुन् ।

अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै सेयरधनीलाई डिम्याटमा सेयर दिने उनले बताए ।  नेप्सेको सेयरलाई नेप्सेका सूचिकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको उनकाे भनाइ छ ।

नेप्सेको साधारण सभाले चुक्तापुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपैयाँ) वितरण गर्ने भएको छ । नेप्सेले गत आर्थिक वर्षमा चुक्तापुँजी ६० करोडको १०० प्रतिशत नगद नाभांश ६६.६७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *