डेन्यूब होमकाे दोस्रो आउटलेट काठमाडाैंकाे डिल्लिबजारमा
काठमाडौं, १३ माघ । क्वालिटी अफ लिभिङलाई मध्यनजर गर्दै डेन्यूब होमले दोस्रो आउटलेटका रुपमा डिल्लिबजारमा डेन्यूब होम सञ्चालनमा ल्याएको छ । सन् २०२१ मा ताहागल्ली काठमाडौंमा पहिलो पटक सञ्चालनमा आएको डेन्यूब होमले अहिले आफ्नो दास्रो आउटलेट काठमाडौंको डिल्लिबजारमा सञ्चालनमा ल्याएको हो । साे आउटलेटको उद्घाटन पूर्व मिस नेपाल प्रिती सिटाैलाले गरेकी हुन् ।
डेन्यूब होम एक मल्टिनेस्नल कम्पनी हो । विश्वका १९ देशमा यसका अउटलेट सञ्चालनमा आएका छन् । यसले करिब ५० हजार उत्पादनसँग डिल गर्दै आएको छ । गुणस्तरीय जिवका लगि मानिसहरुमा घरमा राम्रो र व्यवस्थित सजावट गर्नु पर्ने मानसिकता विकास भएसँगै डेन्यूब होमले अहिलेका आवस्यकतालाई मध्यनजर गर्दै घर बनाइसकेपछि घर व्यवस्थापनमा चाहिने सम्पूर्ण गुणस्तरीय सामानहरु एकै ठाउँबाट दिन सेवा उपलब्ध गराएको डेन्यूब होमका सञ्चालक विराट श्रेष्ठले बताए ।
धेरै भन्दा धेरै मानिसहरुमा यसको पहुँच पुर्याउन यसका खाखाहरु विस्तारको क्रममा हाल डिल्लीबजारमा यसको शाखा खोलिएको हो । तीन वर्ष भित्र काठमाडौं लयायत उपत्यका बाहिर पनि यसको शाखा खोलिने सञ्चालक श्रेष्ठले बताए ।
डेन्यूब होममा विभिन्न ब्राण्डका गुणस्तरीय घर सजावटका सामान, फर्निचर, लाइटिङ, भान्सा र बाथरुमका सामानहरु, बगैचाका सामानहरु, आउटडोर एक्ससरीजहरु, बेडरुममा चाहिने सम्पूर्ण सामानहरु आदि उपलब्ध छन् । यहाँबाट उपभोक्ताहरुको आवस्यकता र क्षमता अनुसार सस्तो देखि हाइ क्वालिटिका महंगा सामानहरु खरिद गर्न सक्नेछन् ।