Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

६ महिनामा करीब २८ अर्बको चामल आयात

६ महिनामा करीब २८ अर्बको चामल आयात

काठमाडौं, १४ माघ । चालू आर्थिक वर्षको छ महिनामा करीब २८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुससम्ममा २७ अर्ब ९१ करोड ८२ लाखरुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । गत आर्थिक वर्षकोे सो अवधिमा ४२ अर्ब ७२ करोड ४५ लाख ७० हजार रुपियाँको खाद्यान्न आयात भएको थियो ।

सो अवधिमा करीब ९ अर्बको चामल आयात भएको छ । विभागका अनुसार सो अवधिमा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपैयाँको चामल आयात भएको हो । गतवर्षको सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख रुपैयाँको चामल आयात भएको थियो ।

विभागका अनुसार दोस्रो त्रैमाससम्ममा ९ र्ब ७३ करोड ४९ लाख रुपैयाँ बराबरको धान र धानको बीउ आयात भएको छ । गत वर्ष सो अवधिमा १० अर्ब ४० करोड ६६ लाख रुपैयाँको धान आयात भएको थियो । यस्तै मकैको आयातमा पनि कमी आएको छ । चालू आर्थिक वर्षको छ महिनामा आठ अर्ब ८१ करोड ५९ लाख रुपैयाँको मकै आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ११ अर्ब ७१ करोड ९३ लाख रुपैयाँबराबरको मकै आयात भएको थियो ।

यसै अवधिमा ६६ करोड रुपियाँको गहुँ आयात भएको छ । गत आर्थिक वर्ष तीन अर्ब ४६ करोड ६२ लाख रुपैयाँको गहुँ आयात भएको थियो । गत जेठदेखि भारतले गहुँ आयातमा प्रतिबन्ध लगाएका कारण आयातमा कमी आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x