Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

७६.६४ अंकले बढ्याे नेप्से परिसूचक, ३ अर्ब नाघ्याे काराेबार रकम

७६.६४ अंकले बढ्याे नेप्से परिसूचक, ३ अर्ब नाघ्याे काराेबार रकम

काठमाडाैं, २४ माघ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेकाे छ । आज नेप्से परिसूचक ७६.६४ अंकले बढेर दुई हजार एक सय ७७ दशमलव ३४ विन्दुमा बन्द भएको हो ।

आज नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज बजारमा २६० कम्पनीकाे ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये २१५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज चार कम्पनीको शेयुमूल्य १० प्रतिशतले बढेको छ भने पाँच वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x