Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

२.८ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

२.८ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

काठमाडौं, २५ माघ । चालू आर्थिक वर्ष २०७९–८० को छ महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ८.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा यस्तो कर्जा ८.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १८.० प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ पुस मसान्तमा मौद्रक क्षेत्रको सरकारमाथिको खुद दावी २४.६ प्रतिशतले बढेकोमा २०७९ पुस मसान्तमा यस्तो दावी ५५.५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्र्रक क्षेत्रको निजी क्षेत्रमाथिको दबी ३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा मौद्र्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.५ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x