Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

यस वर्षकाे सेजन अवार्ड थापा र काफ्लेलाई

यस वर्षकाे सेजन अवार्ड थापा र काफ्लेलाई

काठमाडौं, १ फागुन । यसवर्षको सेजन अवार्ड अन्नपूर्ण दैनिकका पत्रकारद्वय ममता थापा र सुरेन्द्र काफ्लेले पाएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) काठमाडाैंमा आयाेएक कार्यक्रमबीच पत्रकारद्वय थापा र काफ्लेले अवार्ड पाप्त गरेका हुन् ।

सेजनले हरेक वर्ष प्रदान गर्ने अवार्डमा यसवर्ष विभिन्न विधामा आर्थिक पत्रकारले अवार्ड तथा पुरस्कार पाए। यसवर्षको डा. भोला चालिसे लिबरल जनर्नालिज्म अवार्ड कान्तिपुर दैनिकका अर्थ ब्युरो प्रमुख कृष्ण आचार्यले प्राप्त गरेका छन् ।

यसवर्षको सेजन ब्रोडकाष्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टेलिभिजनका विनय बन्जरा, सेजन प्रिन्ट मिडिया अवार्ड टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी र सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुरप्रसाद दुलाल (माधव)ले प्राप्त गरे ।

यसवर्षको सञ्जय न्यौपाने आर्थिक पत्रकारिता फेलोसिप कारोबार दैनिकका कौसिला कुवँरलाई दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *