Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

आगामी चैत १४ र १५ गते ८ औँ संस्करणाकाे ‘पावर समिट-२०२३’ आयाेजना हुने

आगामी चैत १४ र १५ गते ८ औँ संस्करणाकाे ‘पावर समिट-२०२३’ आयाेजना हुने

काठमाडाैं, ३ फागुन । आगामी चैत १४ र १५ गते ८ औँ संस्करणाकाे पावर समिट-२०२३ हुने भएकाे छ । स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल (इपान) ले आगामी चैत १४ र १५ गते ८ औँ संस्करणाकाे पावर समिट-२०२३ आयाेजना गर्न लागेकाे जानकारी दिएकाे हाे ।

‘हरीत उर्जाकाे बजार बिस्तारीकरण’ भन्ने नाराका साथ काठमाडाैंकाे हायात रिजेन्सीमा  आयाेजना हुने साे पावर समिटलाई नेपालकाे उर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उक्त समिटमा ३०० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित उर्जन जलस्राेत तथा सिँचाइ मन्त्रालयकाच उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनी, विद्युत उत्पादकहरू, वित्तिय संस्थाहरू, प्रशारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेता, थिंक ट्यांकहरू र अन्य उर्जा क्षेत्रका सराेकारवाला गरी करीक ८०० जनाकाे सहभागीता रहने बताइएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x