एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त
काठमाडाैं, ९ फागुन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएकाे छन् ।
संस्थापक एनआईसी एशिया बैंककाे ५ गते बसेकाे सञ्चालक समितिको ५९० औँ बैठकको निर्णय अनुसार ५ गते बाटै लागु हुने गरी सन्तोष कुमार राठी र श्री दिनेश भारीलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा यस लघुवित्त वित्तीय संस्थाको ८ गते बसेकाे १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उहाँहरुलाई नियुक्त गरेको हाे ।
साथै, उक्त सञ्चालक समिति बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक सन्तोष कुमार राठीलाई यस संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको छ । उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए।