Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

हिमालयन र सिभिलको एकीकृत कारोबार आजदेखि

हिमालयन र सिभिलको एकीकृत कारोबार आजदेखि

काठमाडौं, १२ फागुन । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको आज (शुक्रबार)देखि एकीकृत कारोबार सुरु हुँदै छ । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार शुक्रबारदेखि ‘हिमालयन बैङ्क लिमिटेड’को नामबाट हुन लागेको हो ।

नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिको निर्णयानुसार इजाजतपत्र प्राप्त संस्था हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्क लिमिटेडलाई प्राप्ति ९एक्विजिसन० गरी साबिकको संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा हुने सूचनामा उल्लेख छ ।

बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने ९मर्जर० तथा प्राप्ति ९एक्विजिसन०सम्बन्धी विनियमावली, २०७३ ९पाँचौँ संशोधन २०७९०को विनियम ११ को उपविनियम ९७०बमोजिम सर्वसाधारणको जानकारीका लागि राष्ट्र बैङ्कले सूचना प्रकाशित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x