झीनो आर्थिक वृद्धिदर
काठमाडौं, १५ फागुन । चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा नेपालले शून्य दशमलव ८ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको कुल गार्हस्थ्य उत्पादनको त्रैमासिक विवरणअनुसार समीक्षा अवधिमा न्यून मात्र आर्थिक वृद्धि भएको हो । यो २०७२ सालको भूकम्पपछिको भन्दा कम हो ।
भूकम्प प्रभावित आव २०७२र७३ को पहिलो त्रैमासमा ७ दशमलव ४ प्रतिशतको नकारात्मक वृद्धि भएको थियो । त्यसपछि कोभिड–१९ प्रभावित आव २०७७र७८ को पहिलो त्रैमासमा आर्थिक वृद्धिदर शून्य दशमलव ९ प्रतिशत पुगेको थियो । आव २०७९र८० को पहिलो त्रैमासको वृद्धिदर कोभिड–१९ भन्दा पनि कम रहेको छ ।
कार्यालयका अनुसार समीक्षा अवधिमा खनिज र निर्माण क्षेत्र सबभन्दा प्रभावित भएका छन् ।