Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

लघुवित्त कर्मचारीप्रति भएको दुव्र्यवहारको लघुवित्त बैंकर्स संघद्वारा निन्दा

लघुवित्त कर्मचारीप्रति भएको दुव्र्यवहारको लघुवित्त बैंकर्स संघद्वारा निन्दा

काठमाडौं, १८ फागुन । फाल्गुण १६ गते एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपाल प्रसाद उपाध्यायलाई अज्ञात समुहले कुटपिट सहित कालो मोसो दली अपमानजनक व्यवहार गर्दै समुहबाट संकलन भएको रकम समेत लुटेर फरार भएको घटनाप्रति नेपाल लघुवित्त बैंकर्स संघले निन्दा तथा भर्त्सना गरेको छ ।

‘लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्ष देखि ग्रामिण क्षेत्रमा गै विनाधितो कर्जा उपलब्ध गराई ग्रामिण विपन्न महिलाहरुको जीवनस्तर माथि उकास्न निरन्तर लागि रहेको छ । यहि क्रममा जाजरकोट जस्तो अति विकट क्षेत्रमा गै गरिवी न्यूनिकरण र महिला शक्तिकरणको लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथी भएको यो कारवाही अमानविय र अराजकताको पराकाष्ठ हो यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय कारोबार अत्यावश्यक सेवा हो । तर यो सेवा शान्ती सुरक्षा तथा अमनचैन विना प्रदान गर्न सकिदैन । त्यसमा पनि घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्नु पर्ने लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीहरुको लागि त शान्ती सुरक्षाको नै आवश्यक पर्दछ । त्यसैले, बिना बाधा व्यवधान, विना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग अपिल गर्दछौंं ।’

यस्तै सम्पूर्ण लघुवित्तका कर्मचारी साथीहरु तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरु यो विषम परिस्थितीमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसंग समन्वय गरी कार्य गर्न पनि संघले अपिल गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x