Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

मैनहिया–सम्पत्तिया प्रसारण लाइन तयार

मैनहिया–सम्पत्तिया प्रसारण लाइन तयार

भैरहवा, २१ फागुन । भैरहवा, फागुन २१ गते । रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ ।

यो प्रसारण लाइनका लागि आवश्यक पर्ने सबस्टेसनसमेत सियारी गाउँपालिकाको मैनहियामा तयार भएको छ । यहाँ निर्माण भएको सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया न्यु नौतनवा सबस्टेसन जोड्ने गरी प्रसारण लाइन बनाइएको हो ।

मुलुकमा उत्पादित विद्युत् भारत निर्यात गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण गरिएको हो । ‘भारतसँग विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन निर्माण सकिएको छ,’ आयोजना प्रमुख हरिप्रसाद पाण्डेले भने

मुआब्जासहित ९३ करोड रुपियाँ लागतको यो आयोजनाबाट १८० देखि दुई सय मेगावाटसम्म विद्युत् खरिद–बिक्री गर्न सकिने प्रसारण लाइन आयोजनाका इन्जिनियर भारत थापाले बताए ।

अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण लाइनको संरचना छ । मैनहिया–सम्पत्तिया सुरु भएपछि नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत् व्यापार थप सहज बन्नेछ । आयोजनाका अनुसार अबको भारतीय पक्षले जति छिटो आफूतर्फको काम सक्छ उति छिटो प्रसारण लाइन सञ्चालन हुन्छ ।

आयोजनाका अनुसार प्रसारण लाइनअन्तर्गत सबस्टेसनको थोरै प्राविधिक काम मात्र बाँकी छ । प्रसारण लाइनका लागि आवश्यक पर्ने ९६ टावर निर्माण भइसकेका छन् । निर्माण भएका टावरमा तार तान्ने काम पनि सकिएको इन्जिनियर थापाले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x