Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

नेपाल प्रहरीलाई महालक्ष्मी विकास बैंकको सहयोग

नेपाल प्रहरीलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं, २३ फागुन । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाउँ र जिल्ला प्रहरी कार्यालय टेकुलाई सहयोग गरेको छ ।

बैंकले प्रहरी वृत्त मालीगाउँलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण गरेको हो ।

मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालिन समयमा प्रहरी चेकिङ गर्न सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको बैैंकले जनाएको छ ।

सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका वरिष्ठ प्रहरी नायव निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरे ।

त्यसैगरी बैंकको शंखमुल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, टेकुलाई फ्लोरेसन ज्याकेट हस्तान्तरण गरेको छ । रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरीहरुको जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउनका लागि उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ । जिल्ला प्रहरी कार्यालय टेकुका प्रहरी उपरिक्षक सीताराम रिजाललाई शंखमुल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x