Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

३.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा

३.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा

काठमाडौं, ५ चैत । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा रू. १४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू. ५०३ अर्ब ९९ करोड (१२.३ प्रतिशत) लेबढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय
संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.९ प्रतिशतले बढेको छ ।

२०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ४.१ प्रतिशतले र वित्त कम्पनीहरुको०.८ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x