Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

मन्त्रिपरिषद् विस्तार आजै ! अर्थमन्त्रीमा डा. महत पक्का

मन्त्रिपरिषद् विस्तार आजै ! अर्थमन्त्रीमा डा. महत पक्का

काठमाडाैं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दलहरूसँग सहमति जुटाएर चाँडाे भन्दा चाँडाे मन्त्रिपरिषद् विस्तारकाे तयारीमा छन् । नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डले हेर्दै आएका छन्।

नेपाली कांग्रेसले पनि प्रचण्ड नेतृत्वकाे सरकारमा सहभागि हुने निर्णय गरीसकेकाे छ । कांग्रेसले गत चैत ६ गते नै दोस्रो पटक प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत समेत दिइसकेको छ।

सत्ता गठबन्धनमा अहिले १० दल छन्। प्रधानमन्त्रीले कांग्रेस संसदको सबैभन्दा ठूलो पार्टी भएकोले ७ मन्त्रालय दिने कुरा बताएका थिए। कांग्रेसले भने ८ मन्त्रालयको दाबी गरिराखेको छ।

मन्त्री परिषद् विस्तारकाे छलफलका लागि आज अपराह्न ४ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्रस्ताव गर्ने तयारी गरेकाे बताइएकाे छ ।

कुन पार्टीले कति संख्यामा मन्त्रालय पाउने भन्ने कुरा भए पनि  कसले कुन मन्त्रालय पाउने भन्नेमा गठबन्धन अन्तिम सहमतिमा पुग्न सकेकाे छैन।

तर यसैबीच अहिले अर्थमन्त्री काे बन्ने भन्नेकुरा चासाेकाे बिषय बनेकाे छ ।कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का अर्थमन्त्री बन्ने हल्लाबीच देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर अर्थमन्त्री डा. प्रकाशसरण  महतलाई अर्थमन्त्री बनाउन सिफारिस गरिसकेको निकट स्राेतले जनाएकाे छ । डा. महत आजै अर्थमन्त्रीकाे सपथ लिने चर्चा चलिसकेकाे छ । महत समानुपातिक तर्फबाट सांसद बनेका थिए।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x