Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल–बंगलादेश वाणिज्य सचिव बैठक उपलब्धिविहीन

नेपाल–बंगलादेश वाणिज्य सचिव बैठक उपलब्धिविहीन

काठमाडौं, १९ जेठ । नेपाल र बंगलादेशका वाणिज्य सचिव नेतृत्वको शुक्रबार सम्पन्न बैठकले नेपाल र बंगलादेशबीच पारवहन तथा व्यापारका सम्बन्धमा छलफल गरेको छ । वाणिज्य सचिव चन्द्र कुमार घिमिरे तथा उनका बंगलादेशी समकक्षी सुवासीस बोसले नेतृत्व गरेको उक्त बैठकमा नेपालले व्यापारका लागि थप दुई रुटहरु प्रस्ताव गरेको छ । बंगलाबन्ध–पञ्चगढ–पावर्तीपुर र चितागोंग तथा रोहनपुर–चपैनवाबांग–जमुना पुल–कोमिला–चितागोंग दुई रुटहरु प्रयोगका लागि नेपालले प्रोटोकलमा संंशोधन प्रस्ताव पेश गरेको छ । त्यस्तै बंगलादेशले नेपाललाई शून्य भन्सार सुविधामा निर्यातका लागि अनुमति दिएका १०८ वस्तुहरुको निर्यात सम्बन्धि व्यवस्था कार्यान्वयन गर्ने र नेपालले पनि बंगलादेशलाई शून्य भन्सारमा निर्यातका लागि अनुमति दिएका ५० वस्तुहरुको नेपाली बजारमा आयात कार्यान्वयनका लागि हार्मोनाइज्ड सिस्टम कोड ६ अंकमा ल्याउने विषयमा छलफल भएको छ । अहिले यी वस्तुहरुका लागि ८ अंकको हार्मोनाइज्ड सिस्टम कोड सम्बन्धि व्यवस्था रहेको छ । नेपालले साफ्टा अन्तर्गतको संवेदनशील वस्तुहरुको सूची पनि हालै घटाएको जानकारी गराएको छ । ढाका सिलिगुरी काठमाडौं बससेवा आगामी वैशाख दोस्रो सातादेखि बंगलादेश–भुटान–भारत–नेपाल (बीबीआइएन) मोटर भेहिकल एग्रीमेन्ट अनुरुप कार्यान्वयनमा आउनेछ । त्यस्तै वाणिज्य सचिवहरुको बैठकमा औद्योगिक उत्पादनमा गैर भन्सार अवरोध न्यूनीकरण गर्ने सम्बन्धमा पनि छलफल भएको अधिकारीहरुले बताएका छन् । नेपाली चियामा गैर भन्सार अवरोधका कारण निकासीमा समस्या आउने गरेको छ । त्यस्तै बंगलादेशतर्फ धागो निकासीका लागि नेपालको पहलले पनि सार्थकता पाउन सकेन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x