Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सुनको भाउ घट्दा चाँदीकाे बढ्यो, कतिमा हुँदैछ काराेबार ?

सुनको भाउ घट्दा चाँदीकाे बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, २४ चैत । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीकाे मूल्य बढेकाे छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्दा चाँदीकाे मूल्य ताेलामा पाँच रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला दुई सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *