सेयर बजारमा ९२ अंकको वृद्धि, करिब दुई अर्बको कारोबार
काठमाडाैं, २९ चैत । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक ९२ अंकले बढेर १९६३ को बिन्दुमा उक्लिएको हाे । मंगलबार नेप्से २७.३१ अंकले बढेर एक हजार ८ सय ७१ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।
आज शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज एक अर्ब ९२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ९४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका २१८ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १२ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले बढेर सर्किट लेभलमा पुगेको छ ।